बारा:अबैध सामान सहित ट्रक पक्राउ।

समाचार

बारा,१ कार्तिक ।

बाराको अमलेखगंज चोकमा बिलबिजक सन्कास्पद रहेको हार्डवेयर तथा अटोपार्टस लोड ट्रक पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

असोज ३० गते राति १०:४५ बजेको समयमा बाराको जितपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकमा बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.३.ख.५६७२ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा हार्डवेयर तथा अटो पार्टसका सामानहरू लोड रहेको ट्रकको बिल विजक सन्कास्पद रहेको तथा बिल विजक भन्दा बढी लोड रहेको आशंकामा ट्रकलाई नियन्त्रणमा लिएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन्

सो ट्रकमा लोड रहेको सामान सहितको रु. ५९ लाख १२ हजार ७ सय १७ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ l

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *