पर्सामा सवारी साधनका कालो सिसा र कालो स्टिकर हटाइँदै, ट्राफिक प्रहरीको कडा निगरानी

समाचार

वीरगञ्ज, १८ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी साधनमा जडान गरिएका अवैध कालो सिसा (ब्ल्याक फिल्म) तथा कालो स्टिकर हटाउने अभियानलाई तीव्र बनाएको छ।

कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृति बिना कुनै पनि सवारी साधनको रङ, स्वरूप, इन्जिन, चेसिस वा अन्य संरचनामा परिवर्तन गर्न नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै त्यस्ता कार्य नगर्न तथा नगराउन सबै सवारीधनीलाई आग्रह गरेको छ।

ट्राफिक प्रहरीका अनुसार सवारी साधनमा जडान गरिएका कालो सिसा र स्टिकरका कारण सुरक्षा निगरानी, अपराध नियन्त्रण तथा अनुसन्धानमा बाधा पुग्ने, आपराधिक गतिविधि लुकाउन सहज हुने तथा सार्वजनिक सुरक्षा र शान्ति व्यवस्थामा समेत चुनौती उत्पन्न हुन सक्ने भएकाले यस्तो अभियान सञ्चालन गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले कानुनविपरीत कालो सिसा वा स्टिकर प्रयोग गर्ने सवारी साधनमाथि आवश्यक कारबाही गरिने चेतावनी दिँदै सबै सवारीधनीलाई कानुनी व्यवस्थाको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *