बारा:अबैध सामान सहित ठगी गर्ने कलैयाका सिताराम प्रसाद साह पक्राउ।

समाचार

रसीद आलम,बारा,१४ कार्तिक ।

गुणस्तरहिन सामानहरु महंगो मुल्यमा बिक्री गरी सर्वसाधारण व्यक्तिहरुलाई ठगी गरेको आरोपमा एक बारावासीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कार्तिक १२ गते बेलुका ४:०० बजेको समयमा खटिएको विशेष टोलीले सुचनाको आधारमा कलैया उ.म.न.पा.वडा न.०४ मा कलैया-३ कै सिताराम प्रसाद साहले सुरुती केमिकल उधोग संचालन गरी सो उधोगमा गुणस्तर हिन हारपीक र अनुमती प्राप्त नगरी मोविल र एसिड समेत महंगो मुल्यमा बिक्री गरी सर्वसाधारण व्यक्तिहरुलाई ठगी गर्दै गरेकोले समानहरुसहित निजलाई नियन्त्रणमा लिई आवश्यक कानूनी  कारबाहीको प्रकृया अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानहरुमा HARPIC लेखिएको निलो बोतल भएको ८ कार्टुन प्रति कार्टुन २४ वटाको दरले ८ कार्टुनमा जम्मा १९२ बोतल, पानीको बोतलमा SUPER NON GRADE OIL लेखिएको लेबल टासिएको ४ कार्टुन प्रति कार्टुन २४ वटाको दरले जम्मा ९६ वटा,निलो २२ वटा गैलनमा एसिड प्रति गैलन ५० लिटरको दरले २२ गैलनमा जम्मा ११०० लिटर,ड्रमबाट तेल तान्ने पम्प मेसिन थान-१,टिनको ठुलो खाली ड्रम थान-१,प्लाष्टिकको ठुलो ड्रममा मोविल लतपतिएको ड्रम थान-१,केमिकल भरेको ठुलो गैलन थान-१,खाली प्लाष्टिकको पानी राख्ने बोतल एक बोरा,SUPER NON GRADE OIL लेखिएको लेबल १३ Roll रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *