हिरासतमा रहेका ६० जना इजरायली बन्धक भागेका छन्ः हमास

बिदेश समाचार

तेल अहिव, २१ कार्तिक । गत अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको क्रममा हमास लडाकुले २३९ इजरायली र विदेशी नागरिकलाई अपहरण गरेका थिए, जसमध्ये दुई अमेरिकी र दुई इजरायली बन्धक हमासले रिहा गरेका थिए ।

 

हमासले अहिले गाजामा इजरायली आक्रमणपछि आफ्नो हिरासतबाट ६० जना बन्धकहरू भागेको दाबी गरिरहेको छ। हमासले गत महिनाको अन्त्यमा आफूले अपहरण गरेका ५० जना इजरायली हमलामा मारिएको बताएको थियो।

 

रोयटर्सका अनुसार अनुसार हमासको सैन्य शाखा अल कासिम ब्रिगेडका प्रवक्ता अबु उबैदाले हमासको टेलिग्राम च्यानलमार्फत हालै इजरायली आक्रमणमा ६० जना बन्धक बेपत्ता भएको जानकारी दिएका हुन्। प्रवक्ताले  भने, ‘बेपत्ता भएका ६० मध्ये २३ जनाको शव भग्नावशेषमा फसेको थियो ।’

 

यद्यपि, रोयटर्सले यो बयानको पुष्टि भने गर्न नसकेको जनाएको छ । तर, अबु उबैदाले इजरायली आक्रमणका कारण हमासले अब बेपत्ता बन्धकसम्म पुग्न नसक्ने बताए । इजरायली सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

 

इजरायलका रक्षामन्त्री योभ गालान्टले हमासका प्रमुखलाई मार्ने वाचा गरेका छन् । यदि इजरायलले हमासको प्रमुख पत्ता लगाउन समय लियो भने जारी युद्ध पनि लम्बिने गाजाका नागरिकलाई बताएका छन् ।

 

उनका अनुसार इजरायलले गाजाका नागरिकहरूलाई दक्षिणमा पठाउन मानवीय करिडोर बनाउन चाहेको दाबी गरेको छ तर हमासले यो नचाहेको र उनीहरूले नागरिकहरूलाई ढालको रूपमा प्रयोग गरिरहेको छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *