रसीद आलम, बिरगंज , २१ कार्तिक ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज भन्सारले अन्दाजी करिब २ लाख बराबरको काजु र कपडा पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।

विशेष सूचनाको आधारमा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहको कमान्डमा खटिएका टोलीले सो परिमाणको काजु र कपडा नियन्त्रणमा लिएको हो।
पर्साको बिरगंज १६ स्थित शन्करार्चाय गेटको पुर्बको खेततिरको बाटोबाट तस्करहरुले भारी मात्रामा तस्करीको सामनहरु भन्सार छली चोरी तस्करि गरिरहेको जानकारी हुनसाथ डिएसपी सिंहको टोली पुग्न साथ तस्करहरु काजु र कपडा लोड रहेको अटो छाडी भागेकाले अटो सहित सो अबैध सामानहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
नियन्त्रणमा लिएको काजु , कपडाको मुल्य रु.१ लाख ४५ हजार र अटोको मुल्य रु.३ लाखको जम्मा रु.४ लाख ४५ हजारको मुल्यांकन गरि आवश्यक कार्वाही तथा थप अनुसन्धानको लागि बिरगंज भन्सार कार्यालय पठाईएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज भन्सारले जनाएको छ।
