पर्सा : लगभग ८० लाख बराबरको समानहरुसहित ट्रक पक्राउ ।

समाचार

बिरगंज ,६ मंसिर ।

बिरगंजमा बिल बिजक भन्दा बढी तथा बिल बिजक सन्कास्पद देखिएको लगभग ८० लाख बराबरको खुद्रा समानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार मंसिर ५ गते राती ११:५५ बजे बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

रू.७९ लाख ५६  हजार बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *