पर्सा :भन्सार छलिएका साढे चार लाख बराबरको अबैध समान पक्राउ।

समाचार

बिरगंज ,८ मंसिर ।

भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

कार्तिक ७ गते पर्साको विन्दवासिनी गाउँपालिका वडा नं.४ र वीरगञ्ज महानगरपालिका वडा नं.१६ को नाकाबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका Atom Bom चक्लेट- ३२०डिब्बा , Magic Stick चक्लेट-९६ डिब्बा,Full Tank चक्लेट-४८ डिब्बा , चिनी-६५८ के.जी.,मैदा-३०० के.जी.,छोहडा-९१ के.जी.,सुर्ती-९ के.जी., ठुलो ब्लांकेट-१० पिस,माटोको मुर्ती-३० के.जी.,लेडिज स्वीटर-२२ पिस, BR05 C 7762 नम्बरको मोटरसाइकल -१ थान, कुर्ता सुरवाल-२० पिस, BR05AP 6342 नम्बरको मोटरसाइकल -१ थान र Mobile Tempred Glass-४००० पिस बरामद गरेको प्रहरीले जनाएको छ।

रू.  ४ लाख ५० हजार ६ सय ४० को मुल्यांकन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *