पर्सामा ट्र्याक्टर दुर्घटना हुँदा वृद्धाको मृत्यु

समाचार

पर्सा, १२ मंसिर । पर्साको पर्सागढी नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ।

पर्सागढीबाट आउँदै गरेको प्रदेश २–०३–००१ त ५५५४ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार पर्साको जिराभवानी गाउँपालिका–४ बस्ने ७० वर्षीया केशरजिया देवी थरूनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पर्सागढी नगरपालिका–३ मा रहेको आमोदेवी मन्दिरमा लागेको मेला हेरेर घर फर्किने क्रममा गएराति ११ बजे पर्सागढी नगरपालिका–२ बरवाछोटैली गाउँ नजिकै ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *