अवैध १९ लाखसहित एकजना पक्राउ

समाचार

विराटनगर, १३ पुस । मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित सुनसरी देवानगन्ज गाउँपालिका–५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ परेका छन् ।

 

विराटनगर महानगरपालिका–६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।

 

साहबाट बरामद गरिएको नगद र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *