सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग

समाचार

काठमाडौं, ३० चैत । मिटरब्याजी पीडितले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् ।

 

गृह मन्त्रालयमा बिहीबार भएको वार्ता सहमति नभएपछि सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग भएको हो ।

 

सरकारले आफूहरुको माग सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ ।

मिटरब्याज पीडितहरु महोत्तरीसहितका स्थानबाट काठमाडौं आएर आन्दोलन गरिरहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *