वीरगंज, १२ फागुन।
सशस्त्र प्रहरी बल पर्साले छापामारी गरि बिरगंजको एक पसलबाट भारी मात्रामा भन्सार छलिका कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साको मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) लोकेन्द्र सुब्बाको नेतृत्वमा वीरगंज आदर्शनगर मेन रोडस्थित निरज चचानले सञ्चालन गरेको शिवम इम्पोरियममा छापामारी गरि २५ लाख ११ हजार ५ सय ३०रुपैया बराबरको विभिन्न कपडा नियन्त्रणमा लिएको छ।
बिरगंज भन्सार कार्यालय तथा सशस्त्र प्रहरीको सन्युक्त छापामारी क्रममा बरामद भएको सो कपडा भन्सार छलिका रहेको आशंका गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार ती कपडा भन्सार छलिका तस्करीबाट भित्र्याइएको दाबी गरेको छ।
थप अनुसन्धान तथा आवश्यक कानुनी कार्वाहीको लागि बरामद कपडालाई बिरगंज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।
