पर्सामा सशस्त्र प्रहरीद्वारा ३० लाखभन्दा बढीको भन्सार छलीका समान बरामद ।

समाचार

पर्सा,२ मंसिर ।

सशस्त्र प्रहरी बल, नम्बर १३ गण हेडक्वार्टर पर्साले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याइएका सामानहरू नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाएको छ।

मङ्सिर १ देखि मङ्सिर २ सम्मको अवधिमा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट रु. ३० लाख ९९ हजार ८ सय ४७ बराबरको अवैध सामान बरामद गरेको छ।

कपडा र ई-रिक्सासहित व्यक्ती नियन्त्रणमा:

मङ्सिर १ गते बिहान ८:३५ बजे वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार मेनगेट नजिक चेकप्वाइन्टमा सशस्त्र प्रहरी सहायक निरीक्षक भीम बहादुर उखेडाको कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छली ल्याइएको रु. १ लाख ५० हजार बराबरको कपडा र रु. ३ लाख  मूल्याङ्कन गरिएको ई-रिक्सा नियन्त्रणमा लियो। उक्त घटनामा संलग्न चालक मनोज साह सोनारलाई पनि पक्राउ गरी भन्सार कार्यालयमा बुझाइएको छ।

त्यस्तै, बिओपी सिरिसियाबाट खटिएको टोलिले ७३ हजारको कपडा बरामद गरेको छ।

पुराना ब्याट्री र गाडी पार्ट्स बरामद:

मङ्सिर २ गते वीरगञ्ज महानगरपालिका-१७ कोनिया क्षेत्रबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुसिल बस्नेतको कमाण्डमा खटिएको टोलीले भारतबाट ल्याइएका पुराना ब्याट्री र गाडी पार्ट्स बरामद गरेको छ। ती सामानहरूको अनुमानित मूल्य रु. ५ लाख ३ हजार  रहेको छ।

किराना सामान र मोटर पार्ट्स बरामद:
मङ्सिर २ गते वीरगञ्ज महानगरपालिका-१४ गण्डक क्षेत्रमा चेकजाँचका क्रममा रु. ७९ हजार ८ सय  बराबरको किराना सामान र प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले मोटरसाइकल पार्ट्स, मोबाइल एक्सेसोरिज, जुत्ता, र औषधि गरी रु. १९,७६,५४७ बराबरका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीले हालसम्म सबै सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइसकेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक बिष्णु हरी घिमिरेले जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *