जिल्ला अदालतको फैसलाविरुद्ध असन्तुष्ट सन्दीपले उच्चमा पुनरावेदन गर्ने,बलात्कार मुद्दामा दोषी ठहरपछि प्रो क्लबको फाइनलमा टिम बाहिर सन्दीप

समाचार

काठमाडौं, १३ पुस । काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। बलात्कार मुद्दामा अदालतले शनिबार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका छन्।

सन्दीपका कानून व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन्। सजाय निर्धारणपश्चात छिटो फैसलाको पूर्णपाठ आउने अपेक्षा रहेको सन्दिपका एक कानुन व्यवसायीले भने।

कानुनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्नेछन्। उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्ने छैन।

जिल्ला अदालतले गौशाला २६ नाबालिग नरहेको ठहर गरिसकेको अवस्थामा उच्च अदालतबाट जिल्लाको त्रुटीपूर्ण फैसला उल्टिने अपेक्षा गरिएको सन्दिपका कानुन व्यवसायीले बताए।

पर्साको नारायणी रंगशाला जारी नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनल सन्दीप लामिछानेलाई टिम बाहिर राखिएको छ।

पर्सा- ११ को कप्तानी गरेका सन्दीपले नेपाल पुलिस क्लबविरुद्धको फाइनलमा टिम बाहिर राखिएको हो।

शुक्रबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सन्दीप नखेलेसँगै पर्साको कप्तानी सुरज पटेलले गरेका छन्।

सन्दीपले यस प्रतियोगिताका ६ खेलमा ११ विकेट लिएका थिए।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *