बिर्ता प्रहरीद्वारा आगो निभाउने तथा हतियार सफा गर्ने उपकरण मातहतका प्रहरी युनिटहरुलाई हस्तान्तरण।

समाचार

बिरगंज ,१६ पुस।

वडा प्रहरी कार्यालय बिर्ताले मातहतका सबै प्रहरी चौकीहरुमा आगो निभाउने उपकरण (फायर इक्सटिज्युसर) तथा हतियार सफा गर्ने उपकरण (ह्विपन क्लियरींग पिट) को व्यवस्था गरेको छ

नेपाल प्रहरी संगठनको केन्द्रिय निती तथा नेपाल प्रहरीको कार्ययोजना २०८० बमोजिम सबै प्रहरी चौकीहरुमा आगो निभाउने उपकरण (फायर इक्सटिज्युसर)तथा हतियार सफा गर्ने उपकरण (ह्विपन क्लियरींग पिट)को व्यवस्था गर्ने प्रावधान रहेकाले सोही योजना अनुरुप वडा प्रहरी कार्यालय विर्ताले मातहतका प्रहरी चौकीहरु प्रहरी चौकी नगवा, ईनर्वा प्रहरी चौकी, प्रहरी चौकी आदर्शनगर, सीमा प्रहरी चौकी छपकैया, अस्थायी प्रहरी पोस्ट भकुवा, प्रहरी चौकी ईनर्वा गाउँ ,प्रहरी चौकी घण्टाघर, ग्रिनसिटी सामुदायिक, प्रहरी बिट छपकैया, प्रहरी चौकी गणेशटोल लगायत कार्यालयलाई आगो निभाउने उपकरण तथा हतियार सफा गर्ने उपकरण बितरण गरेको वडा प्रहरी कार्यालय विर्ताका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी गराएका छन् ।

बोगटीका अनुसार नेपाल प्रहरीको कार्ययोजना २०८० अनुसार आगो निभाउने उपकरण (फायर इक्सटिज्युसर)तथा हतियार सफा गर्ने उपकरण (ह्विपन क्लियरींग पिट)चौकी स्तरमा राख्नुपर्ने लक्ष्य वडा प्रहरी कार्यालय विर्ताले पुरा गरेको छ।अब सानो तिनो आगलागीको हुँदा समस्या नहुने उनको विश्वास छ ।

मातहतका युनिटहरुमा हतियार सफा गर्ने उपकरण (ह्विपन क्लियरींग पिट)को उपलब्धताले थप सुरक्षित भएको तथा यो उपकरण यसअघि नभएर समस्या भएको हुँदा अब समस्या नहुने प्रहरी निरीक्षक बोगटीको विश्वास छ ।

यस्तै विर्ता प्रहरी कार्यालयमा थुनुवाहरुको लागि पुस्तकालय पनि सञ्चालनमा ल्याएको र १३ थान सिसि टिभी केमरा जडान गरिएको प्रहरी निरीक्षक बोगटीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी लगायतको उपस्थितीमा ति सामग्रीहरुलाई मातहतका प्रहरी युनिटहरुमा हस्तान्तरण गरिएको हो । 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *