पर्सा:लागु औषध गाँजासहित दुई जना पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,२२ पुस।

सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ महुवन चोक स्थित गण्डक जानकीटोला जाने नहरको सडकखण्डबाट लागु औषध गाँजाको धुलो सहित दुई जना मानिसहरूलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

शनिबार बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा गण्डकबाट देवरीया तर्फ जादै गरेको बा.प्र.०३-००१ च.१५४० नम्बरको पिकअपलाई रोकी चेकजाँच गर्दा सो पिकअपमा चालकको सिटमुनी लुकाई छिपाई राखिएको लागु औषध गाँजाको धुलो ४२ किलो फेला परेको हुँदा गाजा सहित पिकअपलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाएका छन् ।

पक्राउ परेका मकवानपुर भिमफेदी गा.पा.वडा नं.९ स्यारसे बस्ने बर्ष ३४ को सुमन ब्लोन र पर्साको पटेर्वासुगौली गा.पा. वडा नं. ४ बस्ने बर्ष ४० को बिनोद रामलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखी निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी ) कोमल शाहले जनाए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *