वीरगञ्जमा चोरीका २ मोटरसाइकल र १ स्कुटरसहित दुई युवक पक्राउ

समाचार

वीरगञ्ज, ७ माघ ।
जिल्ला प्रहरी कार्यालय पर्साले चोरीका २ वटा मोटरसाइकल र १ वटा स्कुटरसहित चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८२/१०/०५ गते बेलुका करिब ८:३० बजे वीरगञ्ज महानगरपालिका–१३ राधेमाई सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको गस्ती टोलीले एक युवकलाई शंकास्पद रूपमा मोटरसाइकल डोर्‍याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रहरीले चेकजाँच गर्दा उक्त मोटरसाइकलमा पछाडिको नम्बर प्लेट नरहेको, साँचो नभएको र अगाडिका तारहरू काटिएको अवस्थामा फेला परेको थियो। अगाडि पट्टि BR05AQ6924 नम्बर प्लेट जडान गरिएको TVS कम्पनीको मोटरसाइकल (च्यासिस नं. MD625CK29M3F05523, इञ्जिन नं. AK2FM3702240) रहेको पुष्टि भएको छ।

नियन्त्रणमा लिइएका वीरगञ्ज–१३ श्रीपुर बस्ने १९ वर्षीय साहिल कुमार रौनियार सँग सोधपुछ गर्दा उनले सो मोटरसाइकल पाँच दिनअघि आफ्नै साथीहरूसँग मिलेर वीरगञ्ज–१३ स्थित दृष्टि आँखा अस्पताल क्षेत्रबाट चोरी गरेको स्वीकार गरेका थिए। साथै नम्बर प्लेट नभएको Honda Shine मोटरसाइकल र १ वटा स्कुटर पनि चोरी गरी वीरगञ्ज–१३ कै १९ वर्षीय श्यामबाबु ठाकुर को कोठामा लुकाई राखिएको बयान दिएका थिए।

प्रहरी टोलीले सोही सूचनाका आधारमा लुकाई राखिएको स्थानबाट चोरीका सवारी साधनहरू बरामद गरी साहिल कुमार रौनियार र श्यामबाबु ठाकुरलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका व्यक्ति :
१. साहिल कुमार रौनियार (वर्ष १९), वीरगञ्ज महानगरपालिका–१३, श्रीपुर
२. श्यामबाबु ठाकुर (वर्ष १९), वीरगञ्ज महानगरपालिका–१३,

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *