२५ औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) अवसरमा मानवसेवा आश्रममा भोजन सेवा

समाचार

जनकपुरधाम, ७ माघ ।
२५ औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को पावन अवसरमा नेपाल ए.पि.एफ. ठाकोदेवि जोगेन्द्र भगत स्कूल, सप्तरीको आयोजनामा धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित मानवसेवा आश्रममा आश्रित बृद्धबृद्धाहरुलाई भोजन गराइएको छ।

कार्यक्रम नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सो अवसरमा डीआईजी ढकालले सशस्त्र प्रहरी बल केवल सुरक्षा निकाय मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्ने संगठन भएको उल्लेख गर्दै मानवताको सेवामा यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत, विद्यालयका शिक्षक–कर्मचारी तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो। भोजन सेवाबाट आश्रममा आश्रित बृद्धबृद्धाहरु अत्यन्तै खुशी भएको मानवसेवा आश्रम व्यवस्थापनले जनाएको छ।

रजत महोत्सवको अवसरमा आयोजित यस किसिमका सामाजिक सेवामूलक कार्यक्रमले सशस्त्र प्रहरी बल नेपालप्रति आम नागरिकको विश्वास र सद्भाव अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *