तराईमा बढदो शितलहर चिसो हुस्सुबाट बच्न विभिन्न स्थानहरुमा आगो ताप्ने व्यवस्था मिलाईएको छ: सशस्त्र प्रहरी बारा।

समाचार

बारा,२ माघ।

सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.क्वा.बाराले बढदो शितलहर,चिसो हुस्सुबाट बच्न विभिन्न स्थानहरुमा आगो ताप्ने व्यवस्था गरेको जनाएको छ।

तराईका जिल्लाहरुमा बढ्दो शितलहर र हुस्सुको कारण सर्व-साधारण व्यक्तिहरुको जीवन कष्टकर बन्दै गएकोले चिसो मौसमबाट बच्नको लागि ठाउँ ठाउमा आगो तापने दाउराको ब्यवस्था मिलाएको सशस्त्र प्रहरी बाराले जानकारी गराएको छ।

आइतबार सशस्त्र प्रहरी बल,नेपाल नं.१२ गण हे.क्वा.बारा र मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म, वेश तथा बिओपिहरुले आफ्नो जिम्मेवारी ईलाका अन्तर्गतका चौक चौकमा दाउरा खसाली आम जनसमुदायको जीउ ज्यानको रक्षाको निम्ति आगो ताप्ने ब्यवस्था मिलाएका छन् ।

कलैया उ.म.न.पा., सिम्रौनगढ न.पा., निजगढ न.पा.,पचरौता न.पा., महागढीमाई न.पा., देवताल गा.पा. का विभिन्न स्थानहरुमा दाउरा बाली आगो ताप्ने व्यवस्था मिलाईएको तथा उक्त कार्यबाट अति विपन्न परिवारका २ सय देखि २ सय पचास जनाको हराहरीमा परिवारहरु लाभान्वित भएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।


सोही क्रममा बिओपी बरैनिया बाराको सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको अगुवाइमा बिश्रामपुर गा.पा.को विभिन्न वडाहरुको चौक चौकमा दाउरा खसाली  सर्वसाधारणहरुलाइ चिसोबाट बचाउनको निम्ति आगो ताप्ने ब्यवस्था गरिएको स्थानीयहरुले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *