मकवानपुर, ४ मंसिर ।
मकवानपुर प्रहरीले घरको ढोकाको लक फोडी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरेको छ।
मिति २०८२।०८।०२ गते साँझ करिब ८:२० बजे हेटौडा उपमहानगरपालिका–६ भुलभुलेस्थित अर्जुन कुमार श्रेष्ठको घरमा कोही नभएको मौका छोपी चोरी गर्न प्रवेश गरेका बागमती गाउँपालिका–८ साततल्ले बस्ने ३९ वर्षीय दिल बहादुर स्याङतानलाई स्थानीयवासीको सहयोगमा प्रहरी चौकी चौघडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
स्याङतान NS मोडेलको बा.प्र.०२-००७ प ६५१६ नम्बरको मोटरसाइकलमा आएर ढोकाको लक फुटाई भित्र पसि चोरी गर्ने क्रममा समातिएको प्रहरीले जनाएको छ।
घटनास्थलमै पक्राउ गरिएका स्याङतानविरुद्ध मकवानपुर जिल्ला अदालत हेटौडाबाट चोरी तथा डाँका कसुरमा म्याद अनुमति लिइई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
