टीकापुर घटना : रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर ,सीताराम र गंगारामले पाए सफाइ

राजनीति समाचार

काठमाडौं, २ जेठ

रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो ।

अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्ने दाबीसहित उनको जन्मकैदको फैसला सदर भएको हो ।

 

 

टीकारपुर घटनामा प्रतिवादी बनाइएका सीताराम चौधरी र गंगाराम चौधरीलाई सर्वोच्च अदालतले पूर्ण सफाइ दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष थप कैद सुनाइएका उनीहरूलाई सर्वोच्चले सफाइ दिएको हो ।

मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले पूर्ण सुनुवाइ गर्दै उनीहरूलाई सफाइ दिने निर्णय गरेको छ ।

सर्वोच्चले संक्षिप्त आदेश जारी गर्दै उनीहरूलाई तत्काल रिहा गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतलाई लेखेर पठाउन आदेश जारी गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *