बिल बिजक भन्दा बढी बिभिन्न किसिमका १८ लाख बराबरको बेरिङ्गहरू सहित ट्याक्टर वडा प्रहरी कार्यालय श्रीपुरद्वारा पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,२ जेठ ।

बिल विजक भन्दा बढी विभिन्न किसिमका बेरिङ्गहरू बोकेको ट्याक्टर वडा प्रहरी कार्यालय श्रीपुरले पक्राउ गरेको छ ।

बिल विजक भन्दा बढी विभिन्न किसिमका बेरिङ्गहरू बोकेको ट्याक्टर आईसिपी(ICP) गेट हुदै वीरगञ्ज आउदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले जेठ १ गते  बेलुकी ६ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डालचोक स्थित सडकखण्डबाट BR05GA1946 नम्बरको भारतीय ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी बेरिङ्गहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

पक्राउ परेका ट्याक्टर र सो भित्र लोड रहेको विभिन्न किसिमका बेरिङ्गहरूको मुल्य रू.१८,२२,३४७।-( अठार लाख बाईस हजार तिन सय सैतालिस ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *