रौतहटमा अवैध भारतीय माछा नष्ट

समाचार

रौतहट ,५ भदौ । रौतहटस्थित प्रहरीको गस्ती टोलीले अवैध भारतीय माछा बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका ६ बैरीया पुल स्थित भारतबाट अबैध रुपमा २०० किलो माछा नेपाल तर्फ ल्याउँदै गरेको अबस्थामा बरामद गरेको हो ।

उक्त अबैध भारतीय माछा नियन्त्रणमा लिएर स्थानिय भद्रभलादमी संचारकर्मी तथा प्रहरीको रोहवरमा जिल्ला प्रहरी कार्यालयको हाता भित्र नष्ट गरीएको प्रहरी प्रवक्ता एवं निमित्त प्रमुख डिएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।

नष्ट गरिएको भारतीय माछाको बजार मूल्य ३० हजार बढी पर्ने प्रहरीले जनाएको छ। केही स्थानिय तथा केही भारतीय तस्करहरु सीमावर्ती भारतीय बजार बाट खरिद गरी अबैध रुपमा भित्र्याएको माछा जिल्लाको बजारहरुमा बिक्री गर्ने गर्दछन्। भारतको आन्ध्र प्रदेश बाट रसायन प्रयोग गरी आउने उक्त माछा मानव स्वास्थको लागी निकै खराब हुने गरेको डाक्टरहरुले बताउने गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *