गण्डकतर्फ गइरहेको पिकअपबाट २१२ किलो गाँजा बरामद, ४ जना पक्राउ

समाचार

बारा, असार १४ गते ।
हेटौडाबाट प्रसौनी गण्डकतर्फ अवैध रूपमा लागू औषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा बारा प्रहरीले शुक्रबार बिहान २१२ किलो ९२८ ग्राम लागू औषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा इलाका प्रहरी कार्यालय सिमरा र प्रसौनीबाट खटिएको संयुक्त टोलीले बारा परवानीपुर गाउँपालिका–५, बहुअरीस्थित गण्डक नहर सडकखण्डमा चेकप्वाइन्ट स्थापना गरी चेकजाँच गर्ने क्रममा प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो पिकअप गाडी रोकेर जाँच गर्दा धानको भुषभित्र लुकाई ल्याइएको २१२ किलो ९२८ ग्राम गाँजा फेला पारेको हो।

पक्राउ परेका व्यक्तिहरू निम्नानुसार छन्:

१. रवि कार्की, २८ वर्ष, गाडी चालक, थाहा नगरपालिका–४, तालुङ, मकवानपुर।
२. बिर बहादुर गोले, ४६ वर्ष, टिसटुङ–१२, मकवानपुर।
३. साजन मुक्तान, २३ वर्ष, हेटौडा नगरपालिका–१४, उतरपानी, मकवानपुर।
४. महेश तामाङ, ३१ वर्ष, थाक्रे गाउँपालिका–७, आपसी चौक, धादिङ।

बरामद गरिएको गाँजासहित पिकअप गाडी र संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *