रसीद आलम,बिरगंज,११ पुस।
सशस्त्र प्रहरी बल नेपाल पर्साले बिरगंज बाट अन्दाजी करिब रु.६ लाख बराबरको कपडा पक्राउ गरेको जनाएको छ।
विशेष सूचनाको आधारमा पर्साको वीरगंज म.न.पा.-२४ बहुअरीमा रहेको एक घरमा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई भन्डारण गरि राखिएको अवस्थामा सो अबैध कपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्सा र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले छापामारी गरि पक्राउ गरेको हो।
कपडाको अन्दाजी बजार मुल्य रु. ५ लाख ८३ हजार ४ सय ५० बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि बिरगंज भंसार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले जनाएका छन ।
