अपहरण गरी फिरौती माग्ने चार जना पक्राउ, अपहृत सुधिर प्रसाद साह सकुशल उद्दार

समाचार

पर्सा, वैशाख १७।

अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न चार जना पक्राउ परेका छन्। जिल्ला बारा, कलैया उपमहानगरपालिका–१८ बस्ने २६ वर्षीय सुधिर प्रसाद साहलाई अपहरण गरी फिरौती रकम मागिएको सूचनाका आधारमा पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित घरबाट सकुशल उद्दार गरेको हो।

उद्धारसँगै घटनामा संलग्न रहेका चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमा वीरगञ्ज महानगरपालिका–१२, मुर्ली बस्ने २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका–३ बस्ने २४ वर्षीय सिकेन्द्र साह र एक जना नाबालक रहेका छन्।

पर्सा प्रहरी प्रवक्ता डीएसपी सुभास भट्टका अनुसार, उनीहरूलाई सम्मानित पर्सा जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *