भन्सार छलि गरी ल्याइएका १३ भारतीय इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीद्वारा नियन्त्रणमा

समाचार

वीरगञ्ज, साउन २२ ।पर्सा प्रहरीले भन्सार छलि गरी अवैध रूपमा नेपाल भित्र्याइएका करिब रु. १० लाख ४० हजार बराबरका १३ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा गरिएको निगरानी तथा कारबाहीका क्रममा उक्त स्कुटरहरू बरामद गरिएको हो। बरामद भएका स्कुटरहरू आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा भन्सार छली, तस्करी तथा राजस्व चुहावट नियन्त्रण गर्ने अभियानलाई प्रहरीले निरन्तर तीव्रता दिएको जनाएको छ। प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा कुनै पनि शंकास्पद गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *