रसीद आलम,बारा,४ पुस।
कलैया उप-महानगरपालिकाको नगर प्रमुख विनोद साहलाई धम्की दिने व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नगर प्रमुख साहले प्रहरीलाई जानकारी गराए पछी तत्काल विभिन्न माध्यबाट धम्की दिने व्यक्तिको पहिचान गरी नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नं.५ महुवन बस्ने राम बालक गिरीको छोरा वर्ष ३६ को भोला गिरी रहेको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी (डिएसपी )दधिराम न्यौपाने जानकारी गराए।
डिएसपी न्यौपानेका अनुसार नगर प्रमुख साहलाई विभिन्न माध्यबाट अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको जानकारी हुनसाथ तत्काल विशेष प्रहरी टोली परिचालन गरि धम्की दिने व्यक्तिकोपहिचान गरी गिरिलाई पक्राउ गरीएको हो।सो सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी न्यौपानेले बताएका छन् ।
