बिरगंजमा मोटरसाइकल दुर्घटनाहुदा २ जनाको मृत्यु,सिसि टिबि अनुसार मोटरसाइकल तीब्र गतिमा रहेकाले अनियंत्रित भई दुर्घटना भएको( भिडियो सहित)

समाचार

पर्सा,७ माघ।

बिरगंजमा मोटरसाइकल दुर्घटनाहुदा २ जना पुरुषको घटना स्थलमै मृत्यु भएको छ।

बिरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको ४० फिटे सडकमा प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको माेटरसाइकल दुर्घटना हुँदा पहिचान नखुलेको दुई युवकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

मृत्यु हुनेको परिचय नखुलेपनि नेशनल मेडिकल कलेजका विधार्थी या कर्मचारी हुनसक्ने प्रत्यक्षदर्शीहरुले आशंका गरेका छन् ।

मोटरसाइकल अनियंत्रित भई रातिमा हुस्सुका कारण देख्ने नसक्ने समस्या भएकाले दुर्घटना भएको आशंका गरिएको छ।

सिसि टिबिमा देखे अनुसार मोटरसाइकल तीब्र  गतिमा रहेकाले अनियंत्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ।

शवलाई पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ तथा उक्त सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *