जंगली हातिको आक्रमणमा परी बारामा एकको मृत्यु

समाचार

बारा, २९ माघ। बारा स्थित जंगली हातिको आक्रमण बाट एकजना अधबैँसे पुरुषको मृत्यु भएको छ।

 

जंगली हातिको आक्रमण बाट कोल्हबी नगरपालिका वाड न ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५०/५५ बर्षको पारस खा थारुको  मृत्यु भएको प्रहरीले जनाएको छ।

 

आईतवार भैंसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बिचमा पर्ने जङ्गलमा हातीले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।

 

मृतक थारुको शव पोष्टमार्टमको लागी राती नै प्रादेशिक अस्पताल कलैया पठाईएको ईलाका प्रहरी कार्यलय कोल्हबिका प्रहरी निरीक्षक भोलामान सिङ अधिकारीले बताएका छन।

पछिल्लो समय बारा र रौतहटको केही स्थानमा जंगली हातिले बस्तीमा पटकपटक उत्पात मच्याउँदै आएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *