रसीद आलम,बिरगंज ,२९ माघ ।
पर्सा प्रहरीले करोडौं मुल्य बराबरको लत्ताकपडा,औषधी तथा खुद्रा समानहरु लोड रहेको २ वटा ट्रकलाई पक्राउ गरेको छ।सो समानहरुको बिल बिजक सन्कास्पद रहेको तथा बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड गरेकाले ट्रकहरूलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकस्थित सडकखण्डमा माघ २८ गते राती १०:४० बजेको समयमा वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख ८५६५ नम्बरको मालवाहक ट्रकमा रु.७० लाख ४३ हजार ७ सय ०५ बराबरको औषधी तथा खुद्रा सामानहरू लोड रहेको र चेकजाँच गर्ने क्रममा सो ट्रकको बिल बिजक सन्कास्पद देखिएको हुँदा पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।
त्यस्तै,माघ २९ गते रातीको विहान ५:०० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित प्रदेश-१-०१-००१ ख ३९१५ नम्बरको मालवाहक कन्टेनर ट्रकभित्र विभिन्न किसिमका लत्ताकपडा तथा औषधीहरू लोडगरी वीरगञ्जबाट झापा तर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँच गर्दा विल विजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको तथा बिल बिजक सन्कास्पद रहेकाले नियन्त्रणमा लिएको डिएसपी थापाले जनाए।
सो मालवाहक कन्टेनरमा रू.६९ लाख १५ हजार १ सय ६९ बराबरका मालबस्तूहरू लोड रहेको प्रहरीले जनाएको छ।
पक्राउ गरिएको दुईटै ट्रकमा जम्मा रु.१ करोड ३९ लाख ५८ हजार ८ सय ७४ बराबरको मालबस्तूहरू सहित ट्रकहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान पथलैया बारामा बुझाईएको डिएसपी थापाले बताएका छन् ।