सशस्त्र प्रहरी बाराद्वारा बालुवा सहितको २ वटा ट्रयाक्टर पक्राउ।

समाचार

रसीद आलम,बारा,५ फागुन ।

सशस्त्र प्रहरी बल बाराले अबैध उत्खननको आरोपमा २ वटा ट्रयाक्टर पक्राउ गरेको छ।

फागुन ४ मा बाराको जितपुरसिमरा उपमहानगरपालिका ५ स्थित रहेको दुधौरा खोलाबाट अवैध रुपमा नदि जन्य पदार्थ बालुवा/माटो उत्खनन् गरि ल्याउदै गरेको अवस्थामा ना ६ त ३७९१ नम्बरको ट्याक्टर र सोको चालक बारागढि गा.पा.३ बस्ने बर्ष ३६ को रमेश मुखिया र प्र.२-०३-००१त २४९१ नम्बरको ट्रयाक्टर र चालक जितपुर सिमरा उ.म.न.पा.५ बस्ने वर्ष २१ को विरवल सहनिलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बाराले जनाएको छ।

सशस्त्र प्रहरी बल न.१२ गण बाराको मातहत सुरक्षा बेश जितपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बरालको कमान्डमा खटिएका मोबाईल गस्ति डिउटी टोलीले चेकजाच गर्ने क्रममा बिल बिजक नभएको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि जितपुर सिमरा उप-महानगरपालिकाको कार्यालय राजस्व शाखामा बुझाईएको सशस्त्र प्रहरी बल बाराका सूचना अधिकारी डिएसपी अमर खत्रीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *