रमजानको अवसरमा विपन्न परिवारलाई २ सय बोरा चामल वितरण

समाचार

बिरगंज ,१९ फागुन ।

बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाको आयोजनामा, राईजिङ बिरगंज नेपाल छपकैयाको पहलमा, तथा संस्थाका अध्यक्ष अकदस मुस्तफाको विशेष उपस्थितिमा मुस्लिम समुदायको महान पर्व रमजानको शुभ अवसरमा विपन्न परिवारलाई २ सय बोरा चामल वितरण गरिएको छ।

उक्त चामल दाता मरियम लेदर ई. का प्रबन्धक फारुख जमाल कुरैसीको सहयोग एवं उपस्थितिमा वितरण गरिएको हो। सामुदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष हाजी गयासुदिन ठकुराईका अनुसार, चामलको मूल्य ३ लाख २० हजार रुपैयाँ रहेको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सम्पूर्ण समुदायलाई लक्षित गर्दै गरिब तथा विपन्न परिवारहरूलाई राहत स्वरूप चामल वितरण गरिएको थियो। वितरण कार्यक्रममा अतिथि अभिलाष कुमार गुप्ता लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी गयासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले मुस्लिम समुदायको पवित्र पर्व रमजानको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारका राहत कार्यहरूले गरिब तथा विपन्न परिवारलाई केही हदसम्म मद्दत पुग्ने बताए।

कार्यक्रममा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका सदस्य सहेब हुसैन, ज्याहुल हक, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सह-सचिव मदन गुप्ता, वरिष्ठ उपाध्यक्ष अब्दुल हक, बृज भूषण पाण्डे, शिव शंकर पण्डित, सोलाजिम मिया लगायतको पनि उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *