पर्सा प्रहरी प्रमुख एसपी ढुंगेललेद्वारा पदभार ग्रहण, जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई कडा निर्देशन ।

समाचार

रसीद आलम,बिरगंज ,९ फागुन।

जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक एसपीं कुमोध ढुंगेलले पदभार ग्रहण गरेका छन् ।

प्रहरी प्रमुखको जिम्मेवारी पाएका ढुंगेलले बुधबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् ।प्रहरी उपरीक्षक ढुंगेलले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् ।

बुधबार दिउँसो कार्यालयमा हाजिर प्रहरी उपरिक्षक ढुंगेलले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।प्रहरी प्रधान कार्यालयले सरुवा गरेको ९ दिन पछाडि एसपी ढुंगेल पर्सा प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी ढुंगेललाई प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापासहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।

एसपी कुमोध ढुंगेल नेपाल प्रहरीमा एक कुशल प्रशासककाे भुमिका निर्वाह गरेका प्रमुख अधिकृत मध्ये एक हुन।विभिन्न चरणका अनुसन्धानहरू सफलतापुर्ण ढंगले गरेका छन।उनि पेशाप्रति निष्ठावान,लगनशील, इमानदार र उच्च ब्यवसायिक पहिचान बनाउन सफल, स्वस्थ छवि भएका अधिकृत हुन।

जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई कडा निर्देशन दिएका छन् ।

प्रहरी मुख्यालयले फागुन १ मा ढुंगेलसहित ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।

यसअघि पर्साको कमाण्ड एसपी कोमल शाहले सम्हालेका थिए । उनको सरुवा नेपाल प्रहरीको इन्टरपोल शाखामा भएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *