जिल्ला प्रशासनको निर्देशनविपरीत रौतहटका कुनै पालिकाले लेख्दैनन् नेपाली सम्वत

समाचार

रौतहट १० फागुन।   जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशनविपरीत यहाँका कुनै पनि स्थानीय तहले आफ्नो लेटरप्याडसहितका काजगातमा नेपाली सम्वत उल्लेख गर्ने गरेका छैनन् ।

 

जिल्ला प्रशासन कार्यालय रौतहटले गत माघ १ गते एक सूचना जारी गर्दै सबै स्थानीय तह तथा सरकारी निकायलाई नेपाली सम्वत उल्लेख गर्न निर्देशन दिएको थियो।

जिल्ला प्रशासन कार्यालय रौतहटले गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत पुस २६ गतेको पत्रअनूसार जिल्लाको सबै १८ वटै स्थानीय तह र सबै सरकारी कार्यालयले नेपाल सम्वत लेख्न निर्देशन दिएको थियो ।

 

गत माघ १ गतेदेखि ती निकायहरुले बिक्रम सम्वत लेखिने पत्रहरूमा नेपाल सम्वत् समेत उल्लेख गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मणिभुषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय रौतहटले नेपाली सम्वत उल्लेख गर्न पत्र लेखेको एक महिनाभन्दा बढी समय बित्दा पनि जिल्लाको १८ स्थानीय तह मध्ये प्रायः कुनै पनि तहले आफ्नो लेटरप्याडमा नेपाली सम्वत उल्लेख गरेको देखिँदैन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *