पर्सा :एसपी ढुंगेलद्वारा कमाण्ड सम्हालनेबित्तिकै अबैध हतियारधारी कटुवा पेस्तोलसहित दुईजना पक्राउ।

समाचार

रसीद आलम,पर्सा, १० फागुन ।

जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुखको जिम्मेवारी पाएका अपराध नियन्त्रण विशेषज्ञ एन्काउन्टर स्पेसलिस्टले चिनिने प्रहरी उपरीक्षक एसपीं कुमोध ढुंगेलले पदभार ग्रहण गरेका केही घण्टा नबित्दै पर्सा प्रहरीले एसपी ढुंगेलको कमान्डमा अबैध हतियारसहित दुईजनालाई पक्राउ गरेको  छ।

फागुन ९ गते राती १०:३० मा विशेष सूचनाको आधारमा बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-५ कटिबलुवा बस्ने ४३ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका निजहरू विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी ) ध्रुव कुमार श्रेष्ठले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *