नागरिक उड्डयन प्राधिकरण,कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले माग्यो कर्मचारी (सूचनासहित)।

समाचार

काठमाडौ, ११ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ९८ जना माग गरेको हो । प्राधिकरणले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका लागि पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृतमा १÷१ जना, एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा ४३ जना दरखास्त मागेको हो। त्यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा पनि आवेदन खुला गरेको प्रधिकरणले जनाएको हो।

प्राधिकरणले प्राविधिक सहायक एभिएशन फायर सर्भिसेसतर्फ १७ जना माग गरेको छ । योग्य नेपालीहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ।

 

कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै ३० जना गरी नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको गरेको हो।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धकमा एक\एक जना, सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २÷\ जना र मधेसीबाट १ जना नियुक्त गर्ने कोषले जनाएको छ ।

त्यस्तै प्रशासनतर्फ १ जना, प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक, पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २\२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ भने दरखास्त शुल्क पदअनुसार फरक–फरक निर्धारण गरिएको छ।

कृषि विकास बैंकले कर्मचारी माग गरेको छ । शुक्रबार सार्वजनिक  सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि ११२ कर्मचारी माग गरेको हो ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आईटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो।

त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ।
योग्यता पुगेका इच्छुक आवेदकले शुक्रबारदेखि चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुकले अनलाइनबाट फाराम भर्न सक्ने बैंकले जनाएको छ । नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *