शालिन पोखरेल मृत्यु प्रकरण : पोष्टमार्टमको रिपोर्टप्रति परिवारकाे आपत्ति

समाचार

काठमाडौं, २० फागुन। शालिन पोखरेलको परिवारले छोरीको पोष्टमार्टमको रिपोर्टप्रति आपत्ति जनाएकाे छ। अघिल्लो शनिबार चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतको होस्टलमा झुन्डिएकाे मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार पोष्टमार्टम भएको थियो।

आइतबार सार्वजनिक पोष्टमार्टको रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ उल्लेख गरिएको छ। त्याे भनेकाे मृत्युकाे कारण बलात्कार हाेइन भन्नु हाे।

शालिनको परिवारले पोष्टमार्टमा रिपोर्ट अहिलेसम्म नपाएको बताएको छ। ‘म अहिले अस्पतालमा नै छु, अहिलेसम्म हामीले रिपोर्ट पाएका छैनौँ’, शालीनका बुबा दीपेन्द्र पाेखरेल (ललित)ले  टेलिफाेन कुराकानीमा भने।

उनले मिडियामा सार्वजनिक भएको पोष्टमार्टम रिपोर्ट आफूलाई स्वीकार्य नभएको बताए।

उनले यौनाङ्गमा घाउ भएको अवस्थामा मृत भेटिएकी छोरी बलात्कृत भएकी होइनन् भनेर पत्याउनै नसकिने उल्लेख गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *