रसीद आलम,पर्सा,२१ फागुन ।
पर्सा प्रहरीले भारी मात्रामा लागु औषध सहित दुई जना भारतीय महिलाहरूलाई पक्राउ गरेको छ।
फागुन २० गते दिउँसो १२:२० को समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी ईनर्वाका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा र लागु औषध नियन्त्रण व्यूरो शाखा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले चेकजाँचको क्रममा ८७८ एम्पुल लागु औषध सहित दुई भारतीय महिलाहरूलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका भारत विहार जिल्ला पुर्वी चम्पारण रामगढवा बस्ने वर्ष ४३ की रूकसाना खातुनको साथबाट बुप्रेनरफाईन-१४८ एम्पुल, डाईजेपाम-१४९ एम्पुल र फेनार्गन-१३९ एम्पुल र सोही बस्ने वर्ष २० की अप्साना खातुनको साथबाट बुप्रेनरफाईन -१४८ एम्पुल,डाईजेपाम-१४७एम्पुल र फेनार्गन-१४७ एम्पुल लागु औषध बरामद भएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाए ।
नियन्त्रणमा लिइएका निजहरु विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले बताए।