जसपा नयाँ गठबन्धनबाट सरकारमा जाने, अध्यक्ष यादवले गरे ८ बुँदे सहमतिमा हस्ताक्षर

राजनीति समाचार

काठमाडौं, २१ फागुन – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ।

 

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले नयाँ गठबन्धनलाई साथ दिँदै सरकारमा सामेल हुने निर्णय गरेको हो।

 

चार दलीय गठबन्धनमा रहेको जसपाले सरकारमा सहभागी हुने निर्णय गरे पनि मन्त्रालयको भागबन्डा भने टुंगोमा लागिसकेको छैन।

 

जसपा अध्यक्ष यादवले सोमबार राति भएको ८ बुँदे सहमतिमा हस्ताक्षर गरिसकेका छन्। त्यसमा गठबन्धन दलबीच आपसी सहमतिमा मन्त्रालयको भागबन्डा टुंग्याउने उल्लेख छ।

 

सहमतिमा हस्ताक्षर गर्नुअघि अध्यक्ष यादव बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समिति बैठकमा सहभागी थिए।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *