चितवन, १० वैशाख
चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको छ । यस क्षेत्रमा गत मंसिरको भन्दा कम मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।
नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै उजुरी गरेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुब पोखरेलले चितवनका प्रजिअ र लामिछानेको बिरुद्धमा उजुरी दिएको हो ।
निर्वाचन प्रक्रिया सुरु भए पछि सामाजिक सञ्जाल र अनलाइन मिडियावाट लामिछानेले मत मागेको, बिभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुल हुज्जत गरेको, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभित बनाएको, नयाँ किरण माबि भोजाडस्थितत मतदानस्थलमा असहजस्थितित बनाएको भन्दै कांग्रेसले उजुरी गरेको हो ।
