पर्सा प्रहरीद्वारा बिल बिजक भन्दा बढी लत्ताकपडा तथा कस्मेटिक सामानहरु लोड रहेको ट्याक्टर नियन्त्रणमा।

समाचार

रसीद आलम।
पर्सा, बिरगंज ,माघ १५ आइतबार ।जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक लगायतका मालबस्तुहरू बोकेको ट्याक्टर पक्राउ गरेको छ।

आई सि पि गेट हुँदै वीरगञ्जतर्फ आउँदै गरेको  सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले माघ १४ गते  शनिबार  वीरगञ्ज महानगरपालिका वडा नं.२३ बहुअरी सडकखण्डबाट बि आर ०५ जि सि १६५३  नम्बरको भारतीय ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्याक्टर नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराएका छन ।

सो ट्याक्टर र त्यसमा लोड रहेको लत्ताकपडा तथा कस्मेटिकका सामानहरूको रू. १८,४९,४४३।– (अठार लाख उन्नपचास हजार चार सय त्रिचालीस ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले बताएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *