रसीद आलम ।पर्सा, बिरगंज ,माघ १५। मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सोझा साझा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने ब्यक्तिहरुलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पटक पटक जनगुनासो प्राप्त हुन आएकोले आज दिउँसो १:०० बजे जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा सो कार्य गर्दै गरेको अवस्थामा फेला पारी आठ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता तथा सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराएका छन ।
पक्राउ पर्नेहरूमा जिल्ला पर्सा वी.म.न.पा.वडा नं.२७ उदयपुरघुर्मी बस्ने वर्ष ३० को दिपक कुमार पटेल ,वी.म.न.पा.वडा नं.२९ अठराहा बस्ने वर्ष २१ को सन्तोष कुमार राउत ,पर्सा पकाहामैनपुर गा.पा.वडा नं.१ धोरे बस्ने वर्ष २३ को धर्मेन्द्र कुमार सहनी ,पर्सा बहुदरमाई न.पा.वडा नं.९ बस्ने वर्ष २८ को हरिओम गुप्ता ,पर्सा पकाहामैनपुर गा.पा.वडा नं.२ बस्ने वर्ष २५ को संजय चौहान ,पर्सा वी.म.न.पा.वडा नं.१९ बस्ने वर्ष २२ को राज कुमार साह ,वी.म.न.पा वडा नं.२५ बस्ने वर्ष २६ को सुशिल कुमार साह ,वी.म.न.पा वडा नं.२४ बस्ने वर्ष ४८ शुभनारायण महतो कोईरी रहेका छन ।
निजहरू विरुद्द सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।