आज शहीद दिवस मनाइँदै।

समाचार

काठमाडाै १६ माघ

आज माघ १६ गते शहीद दिवस मनाइँदैछ ।सार्वभौमिकताको रक्षा तथा जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न कालखण्ड स्थापना तथा विभिन्न समयमा स्वतन्त्रताका लागि जीवन आहुती दिने शहीदप्रतिको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर यो दिवस मनाइँदैछ ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाइँदै आएको छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

मुलुकमा स्वतन्त्रताको माग गरेर आन्दोलन गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

शहीद  दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ ।
नेपालमा हालसम्म विभिन्न राजनीतिक आन्दोलनका क्रममा मारिएका करिव १२ हजारलाई सरकारले औपचारिक रुपमा शहीद घोषणा गरिसकेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *