इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ

बिदेश राजनीति समाचार

काठमाडौं ,१४ माघ । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्।

उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार उनलाई काठमाडौं-२४ इन्द्रचोकबाट पक्राउ गरिएको हो।

उनको साथबाट ३९ लाख ७८ हजार रुपैयाँ स्रोत नखुलेको रकम फेला परेको खनालले बताए। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *