प्रेस सेन्टर नेपालको बैठक सम्पन्न, २१औं स्थापना दिवस मनाउने तयारी तीव्र

बिदेश राजनीति समाचार

रसीद आलम ,वीरगञ्ज, १४ माघ
प्रेस सेन्टर नेपाल, पर्सा जिल्ला कार्य समितिको बैठक आज वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रेस सेन्टर नेपाल, पर्साका अध्यक्ष शिवनाथ यादवले गर्नुभएको थियो।

बैठकले प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको छ। यस अवसरमा माघ १५ गते बिहान ८ बजे वीरगञ्जको घन्टाघरमा प्रभातफेरि गरिने र बिहान ९ बजे वीरगञ्ज रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ। उक्त जानकारी प्रेस सेन्टरका जिल्ला सचिव अजित भुजेलले दिनुभएको हो।

बैठकमा केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, मधेस प्रदेश सदस्य अशोक कुमार श्रीवास्तव, प्रदेश प्रतिनिधि रुपेश वर्मा, जिल्ला सचिव अजित भुजेल, सहसचिव विदुर गौतम, रञ्जित यादव, कोषाध्यक्ष सन्जित गुप्ता, र सदस्यहरू रितेन्द्र झा, बलिराम यादव, विशाल पटेल, आनन्द साह, सन्जोग गिरी, सन्तोष कुशवाह, अमिर मंसुरी, भरत सरार्फ, सुमित कुमार पटेल, मुमताज मियाँलगायतको उपस्थिति रहेको थियो।

बैठकले स्थापना दिवसलाई उत्साहपूर्वक र प्रभावकारी ढंगले मनाउन विभिन्न योजनाबारे छलफल गरी तयारी अगाडि बढाएको छ। सहभागीहरूले प्रेस सेन्टरको भूमिकालाई थप सशक्त बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *