ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार

बिदेश राजनीति समाचार

बारा ,१४ माघ ।बारामा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहट वृन्दावन नगरपालिका-३ विश्रामपुर बस्ने ४० वर्षीया बबिता ठाकुर रहेकी छिन्।

कलैया उपमहानगरपालिका-४ स्थित नेपाल बैंक अगाडि सडकमा ना४ख ४१८६ नम्बरको ट्याङ्करले ना.४७ प ५९९७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *