पर्सामा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव भेटियो,आमाबुबा प्रहरीको नियन्त्रणमा ।

समाचार

बिरगंज , २५ फागुन । छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुबालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउ समसानघाट्मा गाडिएको अवस्थामा १२ वर्षीय बालक दिलीप मण्डलको शव निकालेको हो। प्रहरीले अनुन्धानका लागि बुबाआमालाई पक्राउ गरेको छ।

आमाबुबा वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका शम्भु महतो धानुक र उनकी श्रीमती सबतादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले जानकारी दिए।

शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ। बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको डीएसपी थापाले बताए।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *