यात्रुलाई नशालु पदार्थ खुवाई चोरी गरेको आरोपमा भारत बिहारका अखिलेश कुमार पक्राउ।

समाचार

रसीद आलम,पर्सा,२५ फागुन ।

बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाई चोरी गर्ने चोरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं.२ बस्ने पर्मा साहको छोरा बर्ष २७ को अखिलेश कुमार साह रहेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार फागुन २३ बाराको आदर्श कोतवाल गाँउपालिका वडा नं.८बस्ने उपेन्द्र मुखियाले नारायणघाटबाट वीरगंजतर्फ बस चढी आईरहेको अवस्थामा मिठाई र बिस्कुट खुवाई बेहोस पारी उपेन्द्र मुखियासंग रहेको नगद ४१ हजार ५ सय रुपैया र मोबाईल १ थान चोरी गरी वीरगंज बसपार्कबाट फरार भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दा वीरगंज महानगरपालिका वडा नं.१६ भानुचोकबाट चोरी गरेको आरोपमा अखिलेश कुमार साहलाई नियन्त्रणमा लिईएको हो।

साहलाई खानतलासी गर्दा चोरी भएको मध्ये नगद ३७ हजार ४ सय १० रुपैया र चोरी भएको मोबाईल फेला परेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले बताए ।

पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा ७ दिनको म्याद लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *