बिरगंज,३० फागुन ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ द्वारा मुस्लिमहरुको महान पर्व रमजानको अवसरमा ३० जना गरिब तथा बिपन्न परिवारलाई खाधान्न सामग्री बितरण गरेको छ।
फागुन २९ गते बिहान ११:०० वजेको समयमा “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा, राईजिङ्ग वीरगंज नेपालको बिशेष पहलमा तथा हाजि फारुख जमाल कुरैसीको पुर्ण सहयोगमा वीरगंज महानगरपालिका वडा नं. २ स्थित सामुदायिक सेवा केन्द्रको कार्यालय अगाडि मुस्लिमहरुको महान पर्व रमजानको अवसरमा ३० जना गरिब तथा बिपन्न परिवारलाई ५ हजार रुपैयाँ बराबरको चामल १ बोरा, तेल ५ पाकेट,आटा ५ के.जी.,चाना ५ के.जी., मसुरी दाल २ के.जी.,चिउरा २ के.जी.,चाना दाल २ के.जी.,सुजि २ के.जी, स्वाविन ५०० ग्राम,खजुर ५०० ग्राम, चिनी ३ के.जी.र नुन १ के.जी बितरण गरिएको सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी गराए।
हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी, प्रहरी चौकी ईनर्वाका प्रमुख प्रहरी नायब निरीक्षक तेज प्रताप सिंह, सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष म.अब्दुल हक, सचिव प्रबिण बिक्रम शाह, नेपाल घराधना समाजका संयोजक अवधेश प्रसाद साह, सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल, प्र.ह रुप कुमार यादव, प्रहरी जवान दिपेन्द्र कुमार यादव लगायत स्थानियहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।