सशस्त्र प्रहरी बल पर्साद्वारा ५ लाख बराबरको अबैध कपडा र मोटरसाइकलसहित २ जना ब्यक्ति पक्राउ।(भिडियो सहित )

समाचार

रसीद आलम,बिरगंज,४ चैत ।

सशस्त्र प्रहरी बल पर्साले भन्सार छलीएका कपडा सहित २ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ।

चैत ३ गते पर्साको बिन्दवासिनी गा.पा.-३ झौवा नाकाबाट भन्सार छलीएका कपडाको तस्करी भइरहेको सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साबाट खटिएको टोलीले बिआर २२ एक्स ५९५६ र बिआर २२ एक्स २८५० नम्बरको दुई भारतीय मोटरसाइकलसहित रु.२ लाख २५ हजारको कपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सो भारतीय नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट  नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कपडा , मोटरसाइकल र तस्करी कार्यमा संलग्न पर्साको बहुदरमाई न.पा. बस्ने बर्ष २९ को  र सोही बस्ने बर्ष ४१ को २ जनालाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी )सङ्गम श्रेष्ठले बताएका छन् ।
नियन्त्रणमा लिएको ब्यक्तिहरुको नाम गोप्यनियता कारण खुलाईएको छैन भन्ने जानकारी सशस्त्र प्रहरीले दिएको छ।

मोटरसाइकलको रु.२ लाख र कपडाको रु.२ लाख २५ हजार गरि जम्मा रु.४ लाख २५ हजार बराबरको मुल्यांकन गरि कपडा , मोटरसाइकल र ब्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको डिएसपी श्रेष्ठले जनाए।

 

साथै सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले करिब अन्दाजी मुल्य रु.१ लाख ५० हजारको भन्सार छलिएका कपडा लगायत विभिन्न सामाग्रीहरु पक्राउ गरि आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *